गण्डक ब्यारेजको सबै ढोका खोलियो

Prabhu Bank

चितवन। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएको छ।

Saftey Pads

बहाव बढेपछि गण्डक ब्यारेजको ३६ वटै ढोका खोलिएको छ। बुधबार साँझदेखि वर्षा निरन्तर भइरहेको छ।

पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १० हजार क्युसेक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्।

गण्डकमा तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ। बिहीबार बिहान १० बजे तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको बालगृहबाट ११ बालबालिकाको उद्धार

पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ।

Maruti Cement