सप्तरीमा सिडिओका भान्सेको कोरोनाबाट मृत्यु

Prabhu Bank

सप्तरी। सप्तरीमा कोरोना संक्रमणबाट प्रमुख जिल्ला अधिकारी (सिडिओ)का भान्सेको मृत्यु भएको छ।

Saftey Pads

५५ वर्षीय भान्सेको बिहीबार बिहान मृत्यु भएको हो। उनमा भदौ ३१ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बस्दै आएका थिए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार उनी सिडिओ निवासमा खाना बनाउने काम गर्थे।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  चितवन: उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु
Maruti Cement