बझाङमा बलत्कारपछि बालिकाको हत्या

Prabhu Bank

बझाङ। बझाङको मष्टा गाउँपालिका २ मा बलत्कारपछि १२ वर्षीया बालिकाको हत्या गरिएको छ।

Saftey Pads

पशुचौपाया बाँध्न सिमछाना गएकी बालिकाको बलत्कारपछि  हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ती बालिका बुधबार साँझसम्म घर नआएपछि खोजी गरिएको थियो।

उनको शव गाउँदेखि २ किलोमिटर टाढा मन्दिरमा फेला परेको हो। उनको शरीरभरि निलडाम छन्।

शव नग्न अवस्थामा भेटिएको मष्टा गाउँपालिका २ का वडाध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए। बालिकाको कानमा मुन्द्रा थिए। ती मुन्द्रा समेत बलत्कारीले लुटेर लगेको छ।

बालिकाका बुबाआमा हाल रोजगारीका क्रममा भारतमा रहेको खड्काले बताए। घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

अन्य सम्बन्धित समाचार:  धनगढी: बेपत्ता प्रहरी जवान साउँद पनि मृत भेटिए
Maruti Cement