देशभर लगातार तीन दिन वर्षा हुने

Prabhu Bank

काठमाडौं। देशभर लगातार तीन दिन वर्षा हुने भएको छ।

Saftey Pads

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको दक्षिण क्षेत्रमा रहेको न्यून चापीय रेखा उत्तर पूर्वी क्षेत्रतर्फ सर्दै गरेकाले अझै पानी पर्ने सम्भावना छ।

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै ठाउँमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशका सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबारसम्म वर्षाको सम्भावना छ। यसक्रममा नदीमा पानीको बहाव बढ्ने छ।

पहाडी क्षेत्रमा पहिरोको खतरा छ। सडक तथा हवाई यातायात प्रभावित हुने देखिन्छ।

अन्य सम्बन्धित समाचार:  असई विक र प्रहरी जवान साउदको हत्यामा संलग्न सात सार्वजनिक
Maruti Cement