भारतमा एउटा भवन भत्किँदा ३५ भन्दा बढीको मृत्यु

Prabhu Bank

एजेन्सी। मुम्बईको बाहिरी भागमा एउटा घर भत्किँदा करिब ३५ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् प्रतिकार्य बलका प्रमुख सत्य प्रधानले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बुधबार भने,  “आज घटना भएको तीनदिन भैसक्यो यो कोही बाचेका छन् कि छैनन्  हामीलाई थाहा छैन तर पनि हामीले आशा मारेका छैनौं।”

Saftey Pads

उनका अनुसार बेपत्ता भएका कम्तीमा ८ जना अझै भेटिएको छैनन् र उद्धारकर्मीहरु निरन्तर खोजीकार्यमा व्यस्त छन्।

सोमबार बिहान भएको घटनामा प्राय मानिसहरु सुतिरहेको र सो भवनमा त्यस बेला करीब ६० जना रहेको अनुमान गरिएको छ। तीन तल्ला रहेको उक्त भवन मुम्बईको भिडमभाड क्षेत्रको भिवानडी भन्ने ठाउँमा रहेको छ।

विभिन्न टेलिभिजनहरुले देखाएअनुसर उद्धारकर्मीह्यरु भर्‍याङ र कुकुरको सहायतमा पीडितहरुको खाेजी गरिरहेका छन्। उक्त भवन अत्यन्तै साँघुरो गल्लीमा भएकाले उद्धारका लागि ठूला र आधुनिक उपकरणहरु जान नसकेका छैनन् भने त्यसमाथि पानी परिरहेका कारण खोजी कार्यमा ढिलाई भएको छ।

अन्य सम्बन्धित समाचार:  क्याथे प्यासिफिक ८ हजार ५ सय रोजगारी कटौती गर्दै

हरेक बर्खायाममा भारतमा पुरानो र अवैध रुपमा बनेका यस्ता भवनहरु भत्किने गर्दछन्। यो हप्ता घटेको घटना भने पछिल्लो केही वर्षयताको भयानक घटना हो। पछिल्लो महिना मात्र मुम्बई भन्दा १६५ किमी टाढा महादमा एक भवन भत्किदा एक दर्जनभन्दा बढी मानिसहरुले आफ्नो ज्यान गुमाएका थिए। सन् २०१३ मा पनि मुम्बई वरिपरी दुइ ओटा भवन भत्किँदा करिब १२० जनाले ज्यान गुमाएका थिए।

Maruti Cement