सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

Prabhu Bank

भावना पाैडेल, डडेलधुरा। सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशाला, सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको हो।

Saftey Pads

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशालाका इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए। उनले बैतडीको पुर्चौडि नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए।

डडेल्धुराका संक्रमितको भने मृत्यु भईसकेको भूषालले जानकारी दिए। उनलाई भारतमा कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  असई विकको हत्याबारे छानबिन गर्न सिआइबीको टोली धनगढीमा

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जना संक्रमित रहेका छन्। यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २८ जनाको कोरोना परिक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए। उनले संक्रमित चारै जना डोटीका रहेको बताए। उनका अनुसार डोटीको शिखर नगरपालिकाका दुई जना र दिपायल शिलगढी नगरपालिकाका दुई जनाका कोरोना पुष्टि भएको हो।

अन्य सम्बन्धित समाचार:  बझाङ: ४ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा पक्राउ
Maruti Cement