कपिलवस्तु: खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

Prabhu Bank

कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएका छैनन्।

Saftey Pads

कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। उनका अनुसार जीपमा रहेका ६ मध्ये तीन जना हाम फालेर बच्न सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए।

वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा त्यसमा सवार प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगङ्गा नगरपालिका– १३ का केशव भाट क्षेत्री अहिलेसम्म फेला पर्न नसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

अन्य सम्बन्धित समाचार:  डाेटी: अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुवै जनाको खोजी कार्य जारी राखेको छ। बुधबारदेखि नै तीन वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ।

बुधवार नभेटिएपछि सो टोलीले आज बिहानैदेखि बेपत्ता दुवै जनाको खोजी कार्य गरिरहेकोे प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

बाढीले विद्युत् प्राधिकरणको जीप बगायो, दुईको मृत्यु, एक बेपत्ता

Maruti Cement