१ हजार ४ सय ९७ नयाँ संक्रमित थपिए: १७ जनाको मृत्यु

Prabhu Bank

काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Saftey Pads

मन्त्रालयका अनुसार ४ सय ५७ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा बसेका छन्।

पछिल्लो २४ घण्टामा १७ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ५३ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा ३ हजार ९३ संक्रमित थपिए: २ हजार १०८ जना डिस्चार्ज

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।

Maruti Cement