सामसङले विश्व महामारीलाई ध्यानमा राख्दै निकाल्यो सस्तो एस्२० स्मार्टफोन

Prabhu Bank

एजेन्सी। सामसङले आफ्ना फ्यान र कोभिडको विश्व महामारीलाई ध्यानमा राख्दै अर्को ग्यालेक्सी एस् २० बजारमा ल्याएको छ। ग्यालेक्सी एस् २० फ्यान इडिसन का रुपमा आएको उक्त संस्करण एस् २० एफईको नामले चिनिएको छ।

Saftey Pads

ग्यालेक्सी एस् २० को ५ जी लगायत धेरै विशेषताहरु यो फोनमा रहेको छ। त्यति मात्र नभई यो फोन सामसङको फ्ल्यागशिप मोडलभन्दा ३०० डलर सस्तो पर्छ। ग्यालेक्सी एस् २० १००० डलर पर्दा यो फोन ७०० डलरमा नै बजारमा उपलब्ध छ।

५ जीका लागि भेरिजोनले ७५० डलर लिँदा अहिले ५० डलर भने अझै छुट दिएको छ। ६.५ इन्चको स्क्रीन रहेको उक्त फोनमा स्न्यापड्र्यागन ८६५ प्रोसेर र पानी प्रतिरोध आईपी६८ रहेको छ। क्यामेरा पनि सामसङ एस् २० मा रहेको ३०x स्पेस जुम सहित तीन वटा क्यामेरा लेन्स रहेको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी

एस् २० जस्तै विशेषता रहेको यो फोनमा एउटा भिन्नता भने फोनको पछाडि प्रयोग भएको सामग्री हो। एस् २० मा पछाडि सिसा रहेको थियो भने यस फोनको पछाडि प्लास्टिक प्रयोग भएको छ।

पछिल्लो दुई महिनामा भएको तेस्रो भर्चुल इभेन्टको क्रममा सो फोन बुधबार रिलिज गरिएको हो। १००० डलर नतिरी पनि सामसङको एस् सिरीजमा रुचि राख्ने ग्राहकका लागि उक्त फोन बजारमा ल्याइएको हो। ग्यालेक्सी ए सिरिजभन्दा बलियो मानिएको यो फोनले यस महामारी बीच धेरै तान्ने विश्वास सामसङले गरेको छ।

कम्पनीले पहिला ए सिरिजका सस्तो फोन निकालेर एस् सिरिजमा जाने संकोत गरेको थियो। तर पछिल्लोपल्ट एस् १० लाइट निकालेजस्तै यसपालि एस् २० एफ् ई कम्पनीले निकालेको हो जसलाई कोरोनाले गर्दा धेरै मद्धत पुग्यो। सामसङ एस् २० बजारमा आएको ६ महिनामा नै यो फोन कम्पनीले निकालेको हो जब कि सामसङ एस् १० निस्केको एक वर्षपछि मात्रै एस् १० लाइट आएको थियो।

अन्य सम्बन्धित समाचार:  भियतनाममा बाढीबाट दुई हप्ताभित्र ९० जनाको मृत्यु

ह्वावेलाई विश्वको सबैभन्दा बढी फोन बनाउने ख्याति सुम्पेको सामसङ फेरि शीर्ष स्थानमा पुग्न प्रयास गर्दैछ। निकै नै कठिन समयमा फोन बजारमा ल्याइरहेको सामसङले निकै भिन्न फोन निकाल्न प्रयास गर्दैछ। ५ जी र फोल्डेबल स्क्रीन रहेको फोन निकाल्न कम्पनी अहिले व्यस्त रहेको छ।

मान्छेले अहिले फोनमा धेरै खर्च नगरी ल्यापटप किन्न खोजिरहेको बेला सामसङले गरेको यो प्रयास निकै स्वागतयोग्य मानिएको छ।

Maruti Cement