अब धनुषाका सामुदायिक विद्यालयमा पनि वैकल्पिक तरिकाले पढाई हुने

Prabhu Bank

बटुकनाथ झा, जनकपुरधाम। लामो समयदेखि लकडाउनका कारण बन्द रहेका धनुषाका सामुदायिक विद्यालयहरुमा वैकल्पिक माध्यमबाट पढाई हुने भएको छ। जिल्लाका विभिन्न स्थानीय तहले मातहतका सामुदायिक विद्यालयहरुमा वैकल्पिक माध्यमबाटपठन पाठन गराइने तयारी गरिरहेका छन्।

Saftey Pads

जनकपुरधाममा रहेका संस्थागत विद्यालयहरुले अनलाइनमार्फत शिक्षा प्रदान गरेको करिब दुई महिना बित्न लाग्दा बल्ल सामुदायिक विद्यालयहरुमा वैकल्पिक शिक्षामार्फत पठन पाठनको तयारी गरेको छ। जनकपुरधाम उपमहानगरपालिकाले अधिकांश विद्यालयहरुमा वैकल्पिक शिक्षामार्फत अध्यापन बढाउनका लागि कार्ययोजना तयार पार्न लगाएको छ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा ५२ वटा विद्यालयहरु रहेको र सबैमा वैकल्पिक माध्यमद्वारा पठन पाठन गराउनका लागि कार्ययोजना शिक्षा शाखामा पेश गर्नका लागि निर्देशन दिइएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)

कार्ययोजना पेश गर्नका लागि आज अन्तिम दिन रहेको बताउँदै उपप्रमुख मिश्रले कार्ययोजना पेश गरेपछि तत्काल पठन पाठनको शुरु हुने बताए। उनले उपमहानगरपालिकाको ग्रामीण वडाहरुमा वैकल्पिक सिकाई चुनौतिपूर्ण भए पनि प्रयास गर्दा सफल हुने बताए।

जनकपुरधामको कतिपय ग्रामीण वडाहरुमा इन्टरनेट तथा अन्य साधनको पहुँच नभएकाले तिनीहरुलाई कसरी वैकल्पिक शिक्षामा समेट्न सकिन्छ भन्ने विषयमा सुझाव आइरहेको पनि शिक्षा शाखाका अधिकृत अंजु पाण्डेले जानकारी दिइन्। यसैगरी मिथिला नगरपालिकाले पनि वैकल्पिक शिक्षा मार्फत पठन पाठनको शुरुआत चाडै गर्ने तयारी गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बरखुप्रसाद रजकले जानकारी दिए।

वैकल्पिक माध्यावाट पठन पाठन शुरु गर्नका लागि धनुषाका १८ वटै पालिकामा परिपत्र गर्नुका साथै विद्यार्थी संख्याको आधारमा तीन लाखदेखि पाँच लाख रकम निकासा गरको बताउँदै अहिले शिक्षा मन्त्रालयले डाटा पनि निःशुल्क दिने भएकाले इन्टरनेटमार्फत पढ्नमा कुनै कठिनाई नहुने उनले बताए।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा ३ हजार ९३ संक्रमित थपिए: २ हजार १०८ जना डिस्चार्ज
Maruti Cement