ललितपुरमा महिलाको हत्या गर्ने रविकुमार ५ वर्षपछि मैतिदेवीबाट पक्राउ

Prabhu Bank

काठमाडौं। ललितपुरको लेलेमा महिलाको हत्या गरेका रविकुमार यादव ५ वर्षपछि काठमाडौँको मैतिदेवीबाट पक्राउ परेका छन्।

Saftey Pads

सिरहा घर भएका २४ वर्षीय यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो।

यादव र एक अर्का व्यक्तिले २०७२ वैशाख १५ गते गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा इटहरी नगरपालिका ४ घर भइ ललितपुरको चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्या गरेका थिए।

परियारको विभत्स हत्या गरेपछि यादव भागेर भारत गएका थिए।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार यादव भारतको बैङ्लोरबाट केही दिन अघि काठमाडौं आएका थिए। उक्त घटनामा संलग्न अर्का व्यक्ति भने अझै फरार छन्।

उनी पनि हत्यापछि भारत गएका थिए। परियारको हत्या गर्नुको कारणबारे प्रहरीले यादवसित बयान लिइरहेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंको बालगृहबाट ११ बालबालिकाको उद्धार
Maruti Cement