वि.सं. २०७७ आश्विन ९ गते शुक्रवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  धार्मिक आध्यात्मिक कार्य संपादन हुनेछ। सामाजिक एवं संस्थागत कामकार्यमा अवस्था अनुसारले सहभागी हुनपाइने छ। कार्यक्षेत्रमा उन्नति हुन गइ उचित लाभ पनि मिल्ने छ।

वृषः  स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने देखिएकोले दीर्घरोगीलाई विमार बढ्नसक्ने भय छ। औषधोपचार एवं खानपान आदिमा ध्यान दिनु उचित हुनेछ। यात्राादि र व्यवहारमा पनि सावधानी अप्नाउनु पर्ला।

मिथुनः  प्रेमसुख, यात्रा एवं व्यवसायिक उन्नति र लाभ प्राप्त हुने दिन रहेको छ। रपनि चोट्पटक आदिको पनि खतरा देखिएकोले सम्बनिधत कार्य संपादन गर्दा ख्याल पुर्याउन जरुरी देखन्छ।

कर्कटः  विपक्षिलाई परास्त गर्नसकिने र आफ्नो पक्षमा सम्झौता हुने योग परेको छ। प्रतिस्पर्धाजन्य काममा सफल भइने छ। पौरख एवं पुरुषार्थ र प्रख्याति बढ्ने छ। पेशागत लाभ हुनेछ।

सिंहः   सैद्धान्तिक अडानमा केही लचकता अप्नाउनु मनासिव हुनेछ। विशेष काम बनेर आकस्मिक रुपमा आर्थिक लाभ हुनजाने छ। पठनपाठन एवं लेखन र ज्ञानविलासमा दिल लाग्ने छ।

कन्याः   साथीभाइको लहैलहैमा लाग्दा अनर्थ पर्नसक्ने भय छ, विचार पुर्याउनु होला। स्वकर्मशील कर्मयोगीको लागि आकस्मिक लाभ हुने संभवाना सुरक्षित देखिन्छ। मातृ आशीर्वाद फापकर हुनेछ।

तुलाः  समान्यतया तर्कवितर्क नहोला भन्न सकिन्न तथापि कर्मक्षेत्रमा विशेष प्रगति हुने देखिएको छ। समयको सदुपयोग गरी व्यवहारिकतालाई महत्त्व दिएर अघि बढ्नु बुद्धिमानी हुनेछ।

वृश्चिकः   प्रवचन, उद्घोषण तथा कुनै पनि वावृति हुनेलाई समयले साथ दिनेछ। समयको अनुकूलतालाई बुझेर अवसरको बढी लाभ उठाउने चेष्टा गर्नु बुद्धिमानी हुनेछ। कोश वृद्धि हुनेछ।

धनुः   कामकार्यमा रुचि बढेर आउने छ। नोकरी तथा पेशामा उन्नति भई सफलता र लाभ बढ्ने छ। स्वागतसत्कार तथा मेजमानी एवं उपाहारको साथमा स्वादिष्ट भोजन मिल्ने छ।

मकरः   चोटपटक एवं स्वास्थ्य समस्या आइपर्न सक्ने भय छ। विपरित फलको बाबजुत अनपेक्षित रुपमा कुनै काम बनेर आकस्मिक फाइदा पनि हुने सम्भावना देखिएको छ। सावधानिपूर्वक अघि बढ्नु पर्ला।

कुम्भः   पेशागत क्षेत्रमा केही उन्नति र लाभ भने हुनेछ। समर्थक बढ्ने छन्। मुल्यहिन प्रख्याति र प्रशंसा पनि नबढ्ला भन्नसकिन्न छ। तात्कालीन फाइदालाई भन्दा पनि पछिको लागि कर्म गर्नु उचित हुनेछ।

मीनः   मान पदप्रतिष्ठा एवं इज्जत बढ्ने छ। उच्च तहसँगको संपर्क जोडिने छ। राजनीति, समाज सेवा तथा सांगठानिक कार्य आदिमा पदीय हैसियत र भूमिका बढ्ने छ। धनलाभ हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।