सप्तरीका थप एक कोरोना सङ्क्रमितको मृत्यु

Prabhu Bank

सप्तरी। सप्तरीका अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ। राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो।

Saftey Pads

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका छोराले बताए। रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो। उनको शव अहिले धरानमै छ।

उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटाेमै मृत्यु भएको थियो। दाजुको पीसीआर परीक्षण भने गरिएको थिएन। यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  तातोपानी नाका पुन: सञ्चालनमा
Maruti Cement