२४ घण्टामा १ हजार ३ सय १३ संक्रमित थपिए: १ हजार ४ सय ५५ जना डिस्चार्ज

Prabhu Bank

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ७०हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Saftey Pads

मन्त्रालयका अनुसार १ हजार ४ सय ५५ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा बसेका छन्।

पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ५९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा ९ लाख ६८ हजार १ सय ८५ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोना संक्रमित ८० लाख नाघे, १ लाख २० हजारभन्दा बढीको मृत्यु
Maruti Cement