कञ्चनपुर: जंगली बँदेलको मासु सहित २ जना पक्राउ

Prabhu Bank

भावना पाैडेल,डडेलधुरा। कञ्चनपुरमा जंगली बँदेलको मासु सहित २ जना पक्राउ परेका छन्। जिल्लाको वेदकोट नगरपालिकाको सुडाबाट जंगली बँदेल मारेर मासु काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

Saftey Pads

बँदेल मारेर मासु बनाइरहेको अवस्थामा बेदकोट नगरपालिका–७ का ज्ञानेन्द्र पाण्डे र पुष्करण विष्टलाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए।

उनीहरुले शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जंगली बँदेल मारेर ल्याएको हुनसक्ने आशंका गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द
Maruti Cement