कैलालीमा पनि पठन–पाठन सुरु

Prabhu Bank

वीरेन्द्र शाह, कैलाली। कैलाली जिल्लामा पनि विद्यालय खुल्न थालेका छन्। कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू खुल्न थालेका हुन्। अहिले जिल्लाका १३ वटै पालिकामा विद्यालय सञ्चालन हुन थालेका छन्।

Saftey Pads

विद्यालयमा सामाजिक दुरी कायमसँगै अनिवार्य मास्क प्रयोग र कक्षाको ढोकामा हात धुनलाई साबुनपानी व्यवस्था गरेर विद्यालय सञ्चालन गरिएको छ।

नेपाल सरकारले सिकाई निर्देशिका २०७७ जारी गरे सँगै सामाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गरिएको घोडाघोडी नगरपालिका ८ जरहीमा रहेको बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भूपेन्द्र कुँवरले जानकारी दिए ।

भाद्र १ गते बाट स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेर पठनपाठन सुरु गरेको उनले बताए। एउटा बेन्चमा एक विद्यार्थी राखेर पढाउने काम गरी रहेका छौँ‘, कुँवरले भने,‘ लामो समयदेखि बन्द रहेको विद्यालय खुलेपछि विद्यार्थी थपिने क्रम बढेको छ।’

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

सङ्घीय सरकारले शिक्षण सिकाइ सहजीकरण निर्देशिका जारी गरे सँगै पालिकाहरूले मापदण्डमा टेकेर पठन–पाठन सुरु गरेका हुन्। विद्यालय अनुकूल शिक्षण सिकाइ सुरु गर्न घोडाघोडी नगर पालिकाले विद्यालयहरुलाइ निर्देशन दिएको छ।

बढी बिद्यार्थी भएका विद्यालयहरूको हकमा भने टोल–टोलमै शिक्षा, आलो–पालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालनको विकल्प अगाडि सारिएको छ।

Maruti Cement