सुदूरपश्चिममा थप ५८ जना कोरोना संक्रमित

Prabhu Bank

भावना पाैडेल,डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार प्रदेशका पाँच वटा प्रयोगशालामा गरिएको परLक्षणमा थप ५८ जनामा संक्रमण पुष्टि भएको हो।

Saftey Pads

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनले धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक÷एक जना गरी थप सात जनामा कोरोना पुष्टि भएको बताए।

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक-एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक-एक जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–९ का एक जना र दार्चुलाको महाकाली नगरपालिका–४ का एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  अस्ट्रेलियाकाे मेलबर्नमा झण्डै ४ महिनापछि लकडाउन अन्त्य

बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले बताए। उनले केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक-एक जनामा संक्रमण पुष्टि भएको बताए।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए। उनका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  डाेटी: अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु
Maruti Cement