सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

Prabhu Bank

भावना पाैडेल, डडेल्धुरा। गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्दै थापाले यस्तो बताएका हुन्।

Saftey Pads

उनले सीमा क्षेत्रमा सुरक्षाकर्मी र बीओपी थप हुने क्रममा रहेको जानकारी दिए। भारतले नेपाली भूमी मिच्दै गएपछि आफ्नो भूमीको रक्षाको लागि नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेकोमा अहिले गुल्ममा स्तरोन्नती गरिएको छ। गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङरु सशस्त्रको गुल्म स्थापना गरिएको गृहमन्त्री थापाले बताए।

अन्य सम्बन्धित समाचार:  ऐतिहासिक अमरगढी किल्लाभित्र कोतघर निर्माण

नेपाल सरकारले भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्सा जारी गरिसकेको छ। नक्सामा समेटिएको भूमि फिर्ता गर्ने र सीमा क्षेत्रमा सुरक्षा उपस्थिती बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ। व्याँसकै तिङ्कर र कौवामा पनि बीओपी स्थापना हुने उनले बताए।

गृहमन्त्री थापासँगै सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल लगायत १२ जनाको टोली काठमाडाैंबाट नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टरमार्फत छाङरु पुगेको हो।

आज राति व्याँसमै बस्ने 

अन्य सम्बन्धित समाचार:  प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार व्याँसमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। गृहमन्त्री थापाको टोली शनिबार छाङरुबाट सिधै काठमाण्डौं फर्किने कार्यतालिका रहेको छ।

व्याँसमा बस्दा कालापानी नजिकको कौवा, तिङ्कर लगायतका क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको जनाइएको छ। छाङरु सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन १० करोड लागतमा बन्नेछ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा गण स्थापना गरेर खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका–१ छाङरुको गागामा सार्ने निर्णय गरेको थियो। व्याँस गाउँपालिका–१ छाङरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ।

Maruti Cement