वि.सं. २०७७ आश्विन १० गते शनिवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  विशेष अनुकूल देखिएको छ । मुल्याङ्कन बढ्ने र मानप्रतिष्ठामा वृद्धि हुनेछ । अभिष्ट सिद्धि प्राप्त गर्नसकिने दिन रहेकोले समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ ।

वृषः  जमर्को राम्रै हुने तर गरिपुर्याउन कठिन पर्नेछ । संपादन गर्न खोजिएको धार्मिक कार्यमा अबरोध आउनसक्ने छ । व्यवसायमा आंशिक प्रगति र केही लाभ मिल्नेछ ।

मिथुनः  चोट्पटक आदिको खतरा छ, यात्रा तथा जनव्यवहार एवं कार्यसंपादन गर्दा ख्याल गर्नुहोला । पित्तविकार तथा ज्वरो प्रकोपले आक्रमण गर्नसक्छ होशियारी गर्नुहोला । बढी मेहनतले थोरै लाभ हुनेछ ।

कर्कटः  विशेष जमर्को गरेको काममा अवरोध नआउला भन्न सकिन्न तथापि दाम्पत्य सुख मिल्ने छ । यात्रायोजना बन्ने छ । व्यापार व्यवसाय बढ्ने र आर्थिक लाभ पनि मिल्ने छ ।

सिंहः  विजय प्राप्त गर्ने दिन छ । विशेष काममा हिम्मत गर्नुहोला । पौरख एवं पराक्रमले प्रख्याति बढाउने छ । बिरोधी पनि तपाईको गुणगान गाउने छन् । कार्यक्षेत्रमा प्रगति भइ धनलाभ हुनेछ ।

कन्याः  अपेक्षित कामकार्यमा अलमल सृजना हुनेछ । कामभन्दा बढी गफ हुनसक्ने संभावना छ । रपनि अन्य चर्चा परिचर्चामा तिरभन्दा स्वकर्ममा रत्रहनाले केही व्यवसायिक लाभ हुनेछ ।

तुलाः  अल्लि संयमित हुनपर्ने समय रहेको छ । अत्यावश्यकभन्दा बढी जनसंपर्क नराखेको हितकर हुनेछ । बढी लोकव्यवहारमा जोडगर्दा परिणाम विपरित भइ यशको ठाउँमा अपयश मिल्ने संभावना छ ।

वृश्चिकः  केही गरौं भन्ने जोश जाँगर पनि चल्ने छ । काममा रुचि बढेर आउनाले पेन्डिङ्ग रहेका कामकार्यलाई पूरा गर्न सकिने छ । हिम्मत गरेर स्वकर्मक्षेत्रमा लागि पर्नु बुद्धिमानी हुनेछ ।

धनुः  केहीहद्सम्म ढुकुटीमा धनसंपत्ति थपिने छ । तपाईको बोलीव्यवहारको मान्छेहरुले प्रशंसा गर्ने छन् र मुल्याङ्कन बढ्ने छ । सामाजिक तथा परोपकारजन्य सेवाका कार्यमा सहभागी हुन पाइने छ ।

मकरः  यद्यपि महत्त्वाकांक्षा ठूलो हुने तर उपलब्धि थोरैले चित्तबुझाउन पर्ने खालको गोचरयोग छ । रपनि केही व्यवसायिक लाभ मिल्ने छ । मनमा रमाइलो, भावानात्मक वृति बढ्ने छ ।

कुम्भः  खर्च बढ्ने, स्वास्थ्यमा समस्या देखिने र मनमा भयत्रास सृजना हुनसकने छ । बढी परिश्रम गरेर केही काम बनाउन र आंशिक लाभ हातपार्न सकिने छ । धैर्य गरी विपरित समय टर्नदिनु बुद्धिमानी हुनेछ ।

मीनः   उन्नति प्रगति भइ व्यवसायिक लाभ मिल्ने छ । साथसहयोग र समर्थ मिल्नेछ । प्रशंसा र प्रख्याति बढ्ने छ । औद्योगिक कर्म फस्टाउने छ । समय र अवसरको सदुपयोग गर्नु होला ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।