वि.सं. २०७७ आश्विन ११ गते आइतवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज: पद्मिनी एकादशी व्रत। पर्यटन दिवस। भद्रा ०९ः३३ बजेदेखि २१ः२९ बजेसम्म। राति २३ः३२ बजे पछि द्विपुष्कर योग।

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  इज्जत मानसम्मान पदप्रतिष्ठा बढ्ने, रोजगारी मिल्ने र समाजसेवा, राजनीति, सांगठानिक कार्य आदिमा भूमिका थपिने छ। उद्यम, व्यवसाय तथा व्यापार फस्टाउने र आम्दानी बढ्ने छ।

वृषः  स्वास्थ्यलगायतका स्थितिमा सुधार आउने छ। सामाजिक सेवाप्रद कार्यमा संलग्न हुनपाइने छ। मानसिक र शारीरिक रुपमा सुख, शान्तिको अनुभूति हुनेछ। केहीहद्सम्म व्यवसायिक लाभ हुनेछ।

मिथुनः  स्वास्थ्यमा अल्लि प्रतिकूलता आउनसक्ने छ। दीर्घरोगीलाई अल्लि बढी सास्ती हुनेछ। खानपान एवं औषधोपचारमा ध्यान दिनुपर्ला। आकस्मिक रुपमा बाधा अड्चनको निकास निस्किएर लाभ मिल्ने छ।

कर्कटः  मनोरञ्जन तथा रङ्गरास एवं विलास बढ्ने छ। विशेष काममा अल्झन आएपनि व्यापार एवं व्यवसायबाट केही आर्थिक लाभ हुनेछ। कार्यक्षेत्रमा आंशिक सफलता मिल्ने छ। घुमफिर पनि हुनेछ।

सिंहः  स्वास्थ्य लाभ हुने, शारीरमा बल एवं जोशजाँगर र मनमा हिम्मतको वृद्धि हुनेछ। तपाईको पुरुषार्थले प्रख्याति पाउने छ। विपक्षीलाई आफ्नो पक्षमा झुकाउन सकिने छ। व्यवसायिक लाभ हुनेछ।

कन्याः   आत्मप्रशंसा र महत्त्वकांक्षा बढ्ने, ठूलो उपलब्धि हुन कठिन छ। बोली बाठो हुने मनोविज्ञानले सताउने छ। रपनि केही उपलब्धि गर्नसकिने छ। विद्यार्थीले अध्ययनमा मेहनत बढाउनु पर्ला।

तुलाः  मनमा संकिर्णता बढ्ने छ। द्विविधा भइरहनाले निर्णय लिन र पारिवारिक सहमति निकाल्न अल्लि कठिन पर्नेछ। द्वन्दको सामना र कार्यक्षेत्रमा साविकभन्दा बढी मेहनत गर्नुपर्ने छ। संयम गर्नुपर्ला।

वृश्चिकः  शारीरिक बल, जोश, जाँगर एवं स्फुर्ति र हिम्मत बढ्ने छ। बाँकी रहेको कामलाई पूरा गर्न सकिने छ। सरसफाइ तथा सजावट आदिमा रुचि बढ्ने छ। प्रतिस्पर्धाजन्य काममा सफलता मिल्ने छ।

धनुः  बढी अपेक्षा गरेको काममा अड्चन आएपनि सामान्यतया दैनिकी व्यवसायिक तथा पेशागत कार्यमा उन्नति हुनेछ। सामाजिक कार्यमा भूमिका दिन पाइने छ। कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ।

मकरः  पेशा, व्यवसाय, व्यापार आदिमा केहीहद्सम्म उन्नति प्रगति हुन गई आर्थिक आर्जन हुनेछ। मानईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ। स्वागतसत्कार तथा उपहार र लगानीको अवसर मिल्नसक्ने छ।

कुम्भः  खर्च बढ्ने तथा धनको व्यय हुने सम्भावना देखिएको छ। कामकार्यमा संघर्षको अनुभूति हुनेछ। स्वास्थ्यमा पनि मन्दि आउनसक्ने छ। आलोकचहरु बढ्ने देखिन्छ। धैर्यताको जरुरी पर्नेछ।

मीनः   पेशा तथा व्यवसायिक उन्नति भई समयानुकुल राम्रो आम्दानी हुनेछ। उद्योगधन्दा फस्टाउने छ। प्रख्याति बढ्ने, समर्थन जुट्ने र विजय प्राप्त हुनेछ। विद्यार्थीले पढाईमा प्रगति गर्नसकिने छ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।