जापानी अभिनेत्री युको तेकउचीको निधन

एजेन्सी।
जापानकी एक प्रतिभाशाली अभिनेत्री युको तेकउचीको निधन भएको छ। ४० वर्षीया अभिनेत्री तेकउचीको टोकियोस्थित आफ्नै निवासमा निधन भएको हो।प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको छ। प्रारम्भिक रिपोर्टमा उनले आत्महत्या गरेको अनुमान गरिएको छ। धेरै जापानी फिल्म र टेलिभिजन सिरिजमा उनले काम गरेकी थिइन्।

उनले सन् २००४ देखि २००७ सम्म जापानीज एकाडेमी अर्वाडमा लगातार उत्कृष्ट अभिनेत्रीको उपाधी जितेकी थिइन्।