न्युयोर्कमा नेपालीहरुले गरे प्लाज़्मा दान

न्युयोर्क।
धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा सेप्टेम्बर २६ शनिबारका दिन न्युयोर्कको लंग आईल्याण्ड मासापेक्वामा विशेष प्लाज़्मा दान कार्यक्रम सम्पन्न भएको छ। वेस्टर बे टाउनबाट प्रतिनिधित्व गर्ने Dennis Dunne Sr. को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल सरकारका प्रतिनिधित्व कन्सुलर गणेश प्रसाद अधिकारीले गरेका थिए भने गैर आवासीय नेपाली संघ अमेरिकाका तर्फबाट बोर्ड अफ डाईरेक्टर तथा रक्तदान समितिका प्रमुख खिमबिक्रम भट्टराईको आतिथ्यता रहेको थियो।

धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष दिवाकर पाण्डेले जनाए अनुसार सो कार्यक्रममा ६ जनाले लाज़्मा दान, २ जनाले प्लेटलेट्सदान तथा ७ जनाले रक्तदान गरेका थिए।

कोभिड-१९ को उपचारमा एकपटक कोभिड-१९ पोजिटिभ भएर निको भएकाहरुको प्लाज़्मा अत्यन्त प्रभावकारी देखिएको छ। एक जनाको प्लाज़्माले दुई जना गम्भीर प्रकृतिका बिरामीहरुलाई प्लाज़्मा ट्रान्सप्लान्ट गरेर ज्यान बचाउन सकिन्छ।
अन्य सम्बन्धित समाचार:  देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि