डडेल्धुरा।
डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन्। आइतबारदेखि समाजिक दूरी कायम गरी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको छ ।
जिल्लामा कोरोनाको महामारीका कारण बन्द रहेका विद्यालय पहिलो चोटि खुलेका हुन। अजयमेरुले गाउँपालिका स्तरीय निर्णय गरी विद्यालय खोल्ने सहमति गरेको हो। सोही सहमति र निर्णयका आधारमा आजदेखि पढाइ सुचारु गरिएको हो।
३२ वटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अभिभावक, शिक्षक र शिक्षा शाखा अजयमेरुसँगको छलफल पछि विद्यालय खोलिएका हुन। अजयमेरु गाउँपालिकाले स्थानीय तहमा रहेका विद्यालय सञ्चालनका लागि यसअघि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासँग राय सुझाव संकलन गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
कोरोनाको जोखिमलाई मद्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए। साथै विधार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामाग्री तथा सम्पूर्ण सुरक्षाका सामग्री अपनाएर विद्यालयमा नियमित पठनपाठन गर्न थालिएको छ।
विगतदिनमा कोरेन्टाइन बनाइएका विद्यालय भवनका कक्षाकोठा पूर्णरुपमा सेनेटाइज गरी पठनकार्य सुचारु गरिएको शिक्षक बताउँछन। हालका लागि विद्यालयको चौरमा समाजिक दुरी कायम गरी पठनकार्य गराइरहेको अमयमेरु– १ मा रहेको वालकल्याण माविका शिक्षकले बताए।