वि.सं. २०७७ आश्विन १२ गते सोमवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज:  ११ः५६ बजे पछि धनिष्ठा पञ्चक शुरु।

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  जमर्को ठूलै हुने तर थोरै उपलब्धिले चित्तबुझाउन पर्ने छ। रपनि सामाजिक प्रभुत्व एवं प्रशंसाको साथमा समर्थक बढ्ने छन्। केहीहद्सम्म न्यायिक विजय पनि मिल्ने छ। व्यवसायिक लाभ हुनेछ।

वृषः  ठूलो आशा अपेक्षाको बाबजुत थोरै प्राप्तिले चित्त बुझाउन पर्नेछ। ईज्जत प्रतिष्ठा केही बढोत्तरी हुनेछ। ठूलाबडाबाट आश्वासन मिल्नेछ। विशेष काममा विपरित लिङ्गीको अवरोध आउने छ।

मिथुनः  स्वास्थ्यलगायतका स्थितिमा सुधार आउने छ। व्यवसायिक प्रगति हुनेछ। पेशागत उन्नति भई लाभ मिल्ने छ। धार्मिक आध्यात्मिक उन्नतिको साथमा मानसिक शान्ति र सुख मिल्ने छ।

कर्कटः  स्वास्थ्यमा मन्दि आउनसक्ने छ। खानपान र यात्रादिमा ख्याल पुर्याउन र संयमीत हुन जरुरी छ। औषधोपचार खर्च बढ्ने छ। अपयशीलो समय रहेकोले अत्यावश्यकमात्रै जनव्यवहार उचित हुनेछ।

सिंहः  केही अबरोधको बाबजुत व्यापारकर्मबाट आंशिक लाभ मिल्ने छ। दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ। कार्यक्षेत्रमा प्रगति हुनेछ। रमाइलो ठाऊँको यात्रा तथा घुमफिर हुनसक्ने छ।

कन्याः  केही अड्चनको बाबजुत पेशा एवं व्यवसाय तथा कामकार्यमा आंशिक उन्नति प्रगति हुनेछ। शारीरिक शक्ति बढेर आउने छ। पराक्रम गर्नसकिने छ। सर्तलाई मानेर विपक्षीसँग सहमति गर्नु उचित हुनेछ।

तुलाः  गोचरग्रहमा सुधार आएकाके छ। विद्यार्थीलाई अध्ययनमा प्रगति हुनेछ। पेशा तथा नोकरी एवं उद्यम व्यवसायबाट लाभ र उपलब्धि हात लाग्ने छ। शिक्षा व्यवसायीलाई विशेष लाभकर दिन रहने छ।

वृश्चिकः  समय थोरै विपरित महसूस हुनसक्ने छ। रपनि केही आकस्मिक लाभहरु मिल्ने छ। कार्यक्षेत्रमा अपयश हुने र विरोधीहरुले दाऊ खोज्ने छन्। संयमपूर्वक सोँचविचार गरेर अघि बढ्नु उचित हुनेछ।

धनुः  केही प्रमाद् बढ्नसक्ने कुरालाई नकार्न सकिन्न। रपनि केही अवरोधको बाबजुत शारीरिक क्षमताको विकास हुनेछ। जोशजाँगर बढ्ने छ। इष्ट कार्यलाई अगाडि बढाउन सकिने छ।

मकरः  व्यवसायिक लाभ हुन गई ढुकुटीमा संपत्ति थपिने छ। सामाजिक कार्यमा सहभागी हुन पाइने छ। नातागोतासँगको सम्बन्धमा थप सुधार आउने छ। बोलीको प्रभावले मान्छेहरुको मन जित्न सकिने छ।

कुम्भः  मनमा प्रसन्नता छाउने वातावरण सृजना हुनेछ। कामकार्यमा सहज अनुभूति हुनेछ। स्वजनसँग संपर्क बढ्ने छ। शुभसमाचार मिल्ने छ। व्यवसायिक लगानीको अवसर मिल्ने छ। प्रेमसंबन्ध सफल हुनेछ।

मीनः  अल्लि सावधानी अपनाउनु पर्ने समय छ। केही प्रतिकूलता सृजना हुनसक्ने छ। स्वास्थ्यले पनि त्यति साथ नदिन सक्ने संभावना देखिन्छ। खर्चको मात्रा बढेर जानेर आयले आर्थिक भार थेग्न गाह्रो पर्नेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।