नुवाकोट। नुवाकोटमा पत्रकारलाई कुटेको आरोपमा प्रहरीले नेपाल पत्रकार महासंघका जिल्ला सचिव जगदिश खनाललाई पक्राउ गरेको छ।
पत्रकार शिव देवकोटालाई कुटपिट गरेको आरोपमा प्रहरीले आइतबार खनाललाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले ज्यान मार्ने उद्योगअन्तर्गत तीन पत्रकारविरूद्ध जाहेरी परेकोले खनाललाई पक्राउ गरिएको बताए।
देवकोटालाई कुटपिट गर्ने सचिव खनाल, पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ।
देवकोटामाथि असोज ५ गते कुटपिट गरिएको थियो।