बाजुरामा भालुको आक्रमणबाट एक घाइते

बाजुरा। बाजुरामा भालुको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा बुढीगंगा नगरपालिका–१० सिगाडाका ३६ वर्षीय मने साउद रहेका छन्।

स्थानीय पारस रावलका अनुसार भैसी खर्क जाने क्रममा साउदलाई शौच गर्ने क्रममा भालुले आक्रमण गरेको हो।

उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको छ।

अन्य सम्बन्धित समाचार:  विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु