व्यवसायी चन्द्र ढकाल कोरोनाबाट संक्रमित

काठमाडौं। व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल कोरोना भाइरसबाट संक्रमित भएका छन्।

उनको आइतबार स्वाब परीक्षण गरिएको थियो। स्वाब परीक्षणको सोमबार बिहान रिपोर्ट आउँदा पोजेटिभ पाइएको हो।

ढकालले स्वास्थ्यमा समस्या नरहेको बताएका छन्। आफु घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको ढकालले बताएका छन्।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन तथा सजगता अपनाउन आग्रह गरेका छन्।

ढकाल चन्द्रागिरि केबुल कारका मालिक समेत हुन्।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे