कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना

काठमाडौं। नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ कोरोना भाइरसबाट संक्रमित भएका छन्।

शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो। रूघाखोजी र ज्वरो आएपछि उनले पीसीआर परीक्षण गराएका हुन्।

श्रेष्ठ होम आइसोलेसनमा बसेका छन्। सांसद विनोद चौधरीलाई भेटेपछि श्रेष्ठले स्वाब परीक्षण गराएका थिए।

पहिलो पटक रिपोर्ट नेगेटिभ आएपनि दोस्रो पटकको रिपोर्ट भने पोजेटिभ आएको थियो।

अन्य सम्बन्धित समाचार:  चीनले नेपाललाई अनुदानमा दिने खोपको मात्रा थप्यो