घाइते सांसद प्रकाश स्नेहीको नर्भिकमा उपचार हुँदै

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीलाई माइक्रोबसले ठक्कर दिएपछि घाइते भएका छन्।

घाइते सांसद स्नेहीको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनी सवार स्कुटीलाई माइक्रोबसले सोमबार बिहान ठक्कर दिएको हो। सांसद स्नेही स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै थिए।

उनलाई माइक्रोबसले टेकुमा ठक्कर दिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश