मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समझदारी बनेपछि पहिलो चरणमा संघीय तथा दोस्रो चरणमा प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ।

दुवै अध्यक्ष यसका लागि आन्तरिक तयारीमा जुटेका छन्। योसँगै नेकपाका नेताहरु सघीय तथा प्रदेश सरकारमा मन्त्री बन्न दौडधुप गर्न थालेका छन्।

नेकपा स्थायी कमिटी निर्णयअनुसार संघीय र प्रदेश सरकार पुनर्गठन गर्न लागिएको हो।

संघीय मन्त्रिमण्डलबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुनबाहेकका मन्त्री परिवर्तन हुने नेकपा श्रोतले बतायो।

अन्य मन्त्रीलाई हटाएर नयाँ अनुहार ल्याउने गृहकार्यमा शीर्ष नेता जुटेका छन्। नयाँ मन्त्रीका रूपमा नेकपा महासचिव विष्णु पौडेल, भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, विशाल भट्टराई, प्रभु साह, देवेन्द्र पौडेल, पम्फा भुषाल, महेश बस्नेत, हरिबोल गजुरेल, सोमप्रसाद पाण्डे, किशान श्रेष्ठ, विरोध खतिवडा, कर्ण थापालगायतको चर्चा चलेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

यसबीचमा ओलीले तीन पटक मन्त्रिपरिषद् पुर्नगठन गरिसकेका छन्।