एजेन्सी। विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १० लाख तीन हजार १ सय ७४ पुगेकाे छ। संक्रमित हुनेको संख्या तीन करोड ३३ लाख ६० हजार ५९४ नाघेको छ। कुल संक्रमितमध्ये दुई करोड ४६ लाख ६८ हजार ५ सय ३१ बढी कोरोनामुक्त भएका छन्। हाल ७६ लाख ८८ हजार ८ सय ८९ मानिस सक्रिय संक्रमित छन्।
विश्वभर अझै पनि ६५ हजार ज्यादा मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ८३ हजार ८८८ संक्रमित भएका छन् भने यहाँ ९५ हजार ६ सय ७२को हाराहारीमा मृत्यु भएको छ।
तेस्रो स्थानको ब्राजिलमा करिब ४७ लाख ३२ बढी ३ सय ९ व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजार ७७६ को मृत्यु भएको छ। रुसमा ११ लाख ६७ हजार ७ सय ८ को हाराहारीमा संक्रमित हुँदा २० हजार चार सय ४६ को हाराहारीमा मृत्यु भएको छ।
युरोपेली मुलुकहरु बेलायत, फ्रान्स, स्पेन र इटाली लगायतका देशमा कोरोनाको दोस्रो लहर शुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ।