१ हजार ३ सय ५१ जनामा काेराेना संक्रमण पुष्टि: ७ सय ४२ जना डिस्चार्ज

संक्रमित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ सय ४२ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा बसेका छन्।

पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ८१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मैले लगाएँ, तपाईँहरु पनि निर्धक्क भएर खोप लगाउनु: प्रधानमन्त्री ओली