सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

भावना पाैडेल, डडेलधुरा। सेती अस्पतालमा उपचाररत धनगढीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वडा नम्बर १ की ६३ वर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। ती महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भइरहेको उनले बताए ।

‘श्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुनु अघिदेखि नै सेती अस्पतालमा उपचाररत थिइन्। ७ गतेदेखि उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो’, सूचना अधिकारी श्रेष्ठले भने।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने