आईपीएल: आजकाे खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच

एजेन्सी। इन्डियन प्रिमियर लिगमा आज साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर्स भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार ७ः४५ मा सुरु हुने छ जुन दुबई खेल मैदानमा खेलाइने छ।

दुवै टोली २ खेल खेलेर एकमा जित र अर्कोमा हार प्राप्त गरेका छन्। पछिल्लो खेलमा निकै फराकिलो अन्तरले पराजय भोगेको बैंग्लोरलाई जित्नु पर्ने दबाब बढी रहेको छ।

नयाँ सिजन चलिरहेको आईपीएलमा नयाँ मैदान पनि छ तर पनि टोली उही दुई पुराना–मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर। एकातिर मुम्बईले सर्वाधिक चार पटक आईपीएल जितिसकेको छ भने अर्कोतिर बैंग्लोर फाइनलमा एकचोटि मात्र पुगेको छ तर जित्न सकेको छैन।

अन्य सम्बन्धित समाचार:  युरोपा लिग:प्रिक्वाटर फाइनलको ‘ड्र’ सार्वजनिक

बैंग्लोरले पहिलो खेलमा बेहोरेको हार बिर्सिन कलकत्ताविरुद्ध जित हासिल गर्यो‍। अबु धाबीमा भएको खेलमा  टाेलीले १९६ रन प्रहार गर्यो‍ र बलिङतर्फ जस्प्रीत बुम्राह, जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले पनि आफ्नो काम गरे।

विराट कोहली सम्मिलित बैंग्लोरले भने हैदराबादको मिडल अर्डरको कमजोरी उठाउँदै जसोतसो पहिलो खेलमा अबु धाबीमा जित्न सफल भयो।

तर त्यही मैदानमा भने पञ्जाबसँग भएको खेलमा टोली नराम्ररी पछारिन पुग्यो। अहिलेसम्म मात्र दुई खेल भए पनि बैंग्लोरको मिडल अर्डर र डेथ बलिङमा रहेको समस्या सबै टोलीलाई थाहा भइसकेको छ। बैंग्लोरका माइक हेसनले सुरुवाती खेलमा नै टोलीमा धेरै परिवर्तन नगर्ने बताउँदै आएका छन्।

युजबेन्द्र चाहालले डेथ ओभरमा उत्कृष्ट बलिङ गरेपनि डेल स्टेन, शिवम् दुबे र उमेश यादव निकै महँगो सावित भएपछि टोलीले आफ्नो योजना परिवर्तन गर्नुपर्ने भएको छ।

अन्य सम्बन्धित समाचार:  पीएसजीको सानदार जित

क्रिस मोरिस, मोहम्मद सिरज, इसुरु उदाना जस्ता बलरहरु पनि टोलीमा रहेका छन्। दुई टोलीबीचको खेलमा मुम्बईले बढी जितेको छ र अहिलेसम्मको आईपीएलमा पनि बैंग्लोरभन्दा मुम्बई नै बलियो देखिएको छ।