काठमाडाै। ओमानका श्रममन्त्री डा. महद बिन सइद बिन अलि बाउइन र नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरेका छन्। दुवै पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ।
सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए।
राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराइन्।