काेराेना भाइरस: पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

पर्सा। पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको मंगलबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो।

भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले जनाएकाे छ।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप