वि.सं. २०७७ आश्विन १३ गते मङ्गलवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज:  प्रदोष व्रत।

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  हुनै खोजेको विशेष उपलब्धि मान्य व्यक्तिको कारण अवरुद्ध हुनेछ। सामाजिक प्रभुत्व बढ्न गईं प्रशंसाको साथमा समर्थक बढ्ने छन्। केहीहद्सम्म न्यायिक विजय पनि मिल्ने छ।

वृषः  ठूलाबडाबाट आश्वासन मिल्नेछ। सामान्यतया कर्मक्षेत्रबाट आंशिक लाभ गर्न पनि सकिने छ। विशेष महत्त्वपूर्ण कामलाई अगाडि बढाउन वा तत्सम्बन्धी कार्ययोजना बनाउनसकिने छ।

मिथुनः  हिम्मत बढाएर अभिष्ट प्राप्तिको लागि जोड गर्नु उचित हुनेछ। समाजसेवा तथा परोपकारादि कार्यमा संलग्न हुनपाइने छ। जागिर नोकरी आदिमा मुल्याङ्कन बढ्ने छ। व्यवसायिक लभ हुनेछ।

कर्कटः  पुराना विमारीलाई रोग बल्झिनसक्ने छ। अगाडि बढीरहेको इष्ट कामकार्यमा एकाएक रोकावट आउने र अपयश बढ्ने संभावना छ। कार्यक्षेत्रमा पनि संघर्षको अनुभूति हुनेछ।

सिंहः  कार्यक्षेत्रमा प्रगति हुनेछ। रमाइलो ठाऊँको यात्रा तथा घुमफिर हुनसक्ने छ। बैठक आदि औपचारिक कार्यक्रममा संलग्नता जनाउन पाइने छ। द्वन्दको बाबजुत दाम्पत्य तथा प्रेम संबन्ध सुधार हुनेछ।

कन्याः   पराक्रम गर्नसकिने छ। व्यापार बढ्ने र श्रीलक्ष्मीको कृपा वृद्धि हुनेछ। स्वकर्मलाई बढी जोड दिनु उचित हुनेछ। विरोधी पक्षलाई सहमतिमा ल्याउन सकिने छ। यात्रायोजना बन्ने छ।

तुलाः  वैचारिक प्रगति हुनेछ। विद्वतताको सदुपयोग गर्ने अवसर पनि मिल्ने छ। सन्तानबाट सुख तथा सन्तोष प्राप्ति हुनेछ। विद्यार्थीले अध्ययनमा प्रगति गर्नसकिने छ। कर्मक्षेत्रबाट लाभ उठानउ पाइने छ।

वृश्चिकः   कसैसँग विवाद पर्नसक्छ जनव्यवहारमा ख्याल गर्नुहोला। कार्यक्षेत्रमा संघर्ष तथा अपयशको सामना गर्न पर्ने छ। केही विपरितफलको बाबजुत कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ।

धनुः   इष्ट कार्यलाई अगाडि बढाउन सकिने छ। पेशागत प्रगति हुनगई आम्दानी हुनेछ। विशेष काम संपादन गर्दा विपरितलिङ्गीलाई उपहार दिनुले अर्थ राख्ने छ। काम पूरा नभई कुरा नखोलेकै उचित हुनेछ।

मकरः  सामाजिक कार्यमा सहभागी हुन पाइने छ। नातागोतासँगको सम्बन्धमा थप सुधार आउने छ। बोलीको प्रभाव बढ्नाले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ। कुटुम्बिक सम्बन्धमा सुधार आउने छ।

कुम्भः  शुभसमाचार मिल्ने छ। पेशा तथा व्यवसाय एवं नोकरी आदिमा सफलता, उपलब्धि र लाभ प्राप्ति हुनेछ। भावी कार्यको बारेमा योजना तर्जुमा हुनजाने छ। शेयर खरिद वा लगानीको संभावाना छ।

मीनः  दिन अल्लि प्रतिकूल देखिएको छ। स्वास्थ्य तथा कामकार्यमा विपरित गोचर प्रभाव पर्नेछ। खानपान आदिमा होसियारी गर्नुपर्ला। पारिवारिक असमझदारी र खर्चको मात्रा बढेर जाने छ। धैर्य गर्नु होला।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।