लमजुङ। लमजुङमा दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ परेका छन्।
भाउजुको हत्या गरेको २३ दिनपछि देवर पक्राउ परेका हुन्। क्व्होलासोंथर गाउँपालिका ९ गिलुङकी ५९ वर्षीया वुद्धिमाया विकको हत्या गरेको आरोपमा देवर नाता पर्ने ५७ वर्षीय बिलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।
बिलबहादुरले गत भदौ २० गते राति भाउजू वुद्धिमायालाई दाउराले हानेर हत्या गरेका थिए। त्यसपछि उनी फरार भएका थिए।
पक्राउ पछि बिलबहादुरले हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।