धरानमा मोरङका संक्रमितको मृत्यु

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर गरिएको थियो।

ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो। उनको असोज ५ गते स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

ती पुरुषलाई असोज १० गते धरानमा भर्ना गरिएको थियो। उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगबाट पीडित थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि