एजेन्सी। पछिल्लो पटक एउटा मुसाले स्वर्ण पदक पाएको छ। मगया नामको मुसाले स्वर्ण पदक प्राप्त गरेको हो।
मगया मुसाले खेलमा स्वर्ण पदक जितेको भने होइन्। उसले वर्षेनी हजारौँ मानिसको ज्यान जोगाउने काम गरेको भन्दै उक्त पदकबाट सम्मानित गरिएको हो।
कम्बोडियामा सन् १९८० को दशकमा आन्तरिक लडाइँमा ५ लाख एम्बुस जमिनमुनि बिछाइएको थियो। एम्बुस पड्किएर वर्षेनी धेरै मानिसले ज्यान गुमाउँदै आएका थिए। यस्तो अवस्थामा एउटा मुसा उनीहरुको जीवन रक्षामा सहयोगि बन्यो। उसले नाकले सुँघेर कुन ठाँउमा एम्बुस छ भनेर पत्ता लगायो।
त्यो मुसाले यसरी काम गरेको सात वर्ष वितेको छ। मगया नामको उक्त मुसाले अहिलेसम्म ३९ एम्बुस र २८ बारुद बिछयाइएको ठाँउ पत्ता लगाइसकेको छ। उसले २० फुटबल मैदानभन्दा बढी क्षेत्रफल ओगट्ने जग्गामा एम्बुस निस्क्रिय पार्न सहयोग गरेको छ।
तालिम प्राप्त मगया छिटो छरितो छ। एउटा सैनिकलाई टेनिस कोर्ट अट्ने भुभागको एम्बुस पत्ता लगाउन चार दिन लाग्छ। तर मगया मुसाले २० मिनेटमै पत्ता लगाउँछ।
मगयाको उक्त कामको कदर गर्दै बेलायती संस्थाले उसलाई स्वर्ण पदक दिएको हो। स्वर्ण पदकबाट सम्मानित हुने मगया पहिलो मुसा हो।