विराटनगर। विराटनगरस्थित कोशी अस्पताल भर्ना भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।
सुनसरीको दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो। उनी सोमबार अस्पताल भर्ना भएका थिए।