बझाङमा सम्झनाको शव परिवारले बुझ्न मानेन्

बझाङ। बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन ।

घटना भएको ६ दिन वित्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै सम्झनाको परिवारले उनको शव उठाउन नमानेको हो।

हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्। तर उनले अपराध स्विकार गरेका छैनन्। पक्राउ परेका राजेन्द्र बोहरा अपराधमा संलग्न भएको सम्झनाको परिवारको भनाइ छ।

तर प्रहरीले अनुसन्धान जारी रहेको बताए पछि सम्झनाको परिवारलाई अपराधी उम्किन सक्ने आशंका छ। त्यसैले उनीहरुले सम्झनाको शव उठाउन मानेका छैनन्।

बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव गाउँकै शिव मन्दिरमा फेला परेको थियो। सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

सम्झनाको शव जिल्ला अस्पतालमा राखिएको छ। शव कुहिएर गन्हाउन थालेको अस्पतालका डा मिलन खड्काले बताए।

डिएसपी रूपक खड्का पक्राउ परेका बोहरा नै अपराधी भएको बताउँछन्। घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली बझाङ आएको छ।