वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ

Prabhu Bank

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भएको छ।

Saftey Pads

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारसम्म मन्त्रिमण्डल पुनर्गठन गर्न खोजे पनि गौतमका कारण बाधा पुगेको श्रोतले बतायो।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमको विषय अदालतमा विचाराधीन भएकाले मन्त्रिमण्डल गठनका लागि पर्खिन ओलीलाई आग्रह गरेका छन्। प्रचण्डको अडानपछि ओली पछि हटेका छन्। गौतम विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको असोज १४ गते सुनुवाइ हुँदैछ।

राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभा सदस्यको सपथ लिएका गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक जिम्मेवारी नदिनू भनेको छ। पक्ष र विपक्षको कुरा सुन्न असोज १४ गतेसम्म संवैधानिक गम्भीरतालाई हेरेर विषयवस्तु यथास्थितिमा राखी थप जिम्मेवारी नदिन समेत अदालतले अन्तरिम आदेश दिएको छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ: फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

प्रधानमन्त्री ओली वामदेवलाई सरकारमा लैजाने पक्षमा छैनन्। त्यसैले अदालतले अन्तरिम आदेश दिएको समय छानेर उनले मन्त्रिमण्डल फेरबदल गर्न खाजेका छन्। प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल भने गौतमलाई सरकारमा लैजाने पक्षमा छन्।

वामदेवलाई सरकार बाहिर राख्न ओलीले मन्त्रिमण्डल चाँडो पुनर्गठन गर्न खोजेको श्रोतले बतायो। मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइको अर्को कारण को कोलाई मन्त्री बनाउने भन्ने बारेमा ओली र प्रचण्डबीच सहमती नहुनु पनि हो। प्रचण्डले नयाँ अनुहारलाई ठाउँ दिउँ भनेका छन् भने ओली पुरानालाई हटाउन चाहँदैनन्।

Maruti Cement