कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु

काठमाडौं।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ५७ वर्षकी महिला कर्मचारीलाई असोज ३ गते कोरोना पुष्टि भएसंगै उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा.सातकुमार दासले जानकारी दिए।

डा. दासका अनुसार ती महिला अस्पतालको प्रशासन फाँटमा  कार्यरत थिइन्। हालसम्म शिक्षण अस्पतालका डाक्टर,नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरि झण्डै २०० जना संक्रमित भइसकेको दासले बताए।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा