बैतडीमा थप ३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ४०९ पुग्यो

Prabhu Bank

बैतडी।

Saftey Pads

बैतडीमा आज थप ३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिका २ र दशरथचन्द नगरपालिकाका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी र मेलौली नगरपालिका वडा नं ८ घर भएका एक ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका वडा नं ९ का ३६ वर्षीय एक पुरुष रहेका छन्।

संक्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य २ जना भारतबाट फर्किएका रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशी बताए। संक्रमित सबैलाई छुट्टै आइसोलेट गरेर राखिएको जनाईएको छ। आज थप ३ जनामा संक्रमण पुष्टि भएसँगै बैतडीमा सङ्क्रमितको संख्या ४०९ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु
Maruti Cement