माल छ भन्दै चुराेट मागेकाे दीपिकाकाे बयान

एजेन्सी।

ड्रग्स लिएको भन्ने आरोप अस्वीकार गर्दै बलिउड अभिनेत्री दीपिका पादुकोणले चुरोट पिउने गरेको उल्लेख गरेकी छन्। दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरोलाई चुरोट पिउने गरेको वयानकाे क्रममा जनाएकी हुन्। ह्वाट्स ऐप च्याटमा उनले आफ्नो म्यानेजरलाई माल छ भन्दै चुराेट मागेकाे दावी गरेकी छन्।

फिल्म इण्डस्ट्रीमा वेलाबखत आफूले कोड भाषा प्रयोग गर्दै आएको र माल भनेको ड्रग्स नभई चुरोट भएको उनको वयान थियो। एनसीबीले शनिवार दीपिकासँग सोधपुछ गरेको थियो। यद्यपि सफाई भने दिएको छैन।