पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

संक्रमित

काठमाडौं।

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गरिएकाे थियाे। काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिए

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन्। देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन्।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभाः हिउँदे अधिवेशन आइतबार सुरु हुँदै