यूएईमा जारी इन्डियन प्रिमियर लिगमा सन्दीपले खेल्ने सम्भावना न्यून

काठमाडाै‌।

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा मंगलबार नेपाली स्पिन बलर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ। नेपाली समय बेलुकी पौने ८ बजेदेखि सुरु खेल अबुधाबीको मैदानमा  हुँदैछ।

दिल्ली जितमा ‘ह्याट्रिक’ गर्दै शीर्ष स्थानलाई मजबुद बनाउन चाहन्छ भने हैदराबाद हारको शृंखला तोड्न चाहन्छ। ‘हेड टु हेड’मा अहिलेसम्म १५ खेल भएकामा हैदराबादले ९ तथा दिल्लीले ६ खेल जितेको छ।

यो खेलमा पनि सन्दीप लामिछानेले खेल्ने सम्भावना न्यून रहेको छ। यसअघिको टिमले नै उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा सन्दीपलाई मौका दिने सम्भावना न्यून रहेको हो। दिल्ली लगातार दुई खेल जितेर तालिकाको शीर्ष स्थानमा रहेको छ भने हैदराबाद दुवै खेल हारेर अन्तीममा छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता