वि.सं. २०७७ आश्विन १४ गते बुधवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज:  २३ः४७ बजेपछि भद्रा शुरु।

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  पेशा, उद्योगधन्दा, व्यवसाय फस्टाउने छ। सामाजिक प्रभुत्व एवं समर्थक बढ्ने छन्। न्यायिक विजय मिल्ने छ। कर्मयोगलाई महत्त्व दिनाले उचित उपलब्धि एवं लाभ हातपार्न सकिने छ।

वृषः  दिन अनुकूल देखिएको छ। सामाजिक तथा राजनैतिक एवं पेशागत क्षेत्रमा केही जिम्मेवारी एवं भूमिका र हैसियत थपिने छ। मानप्रतिष्ठा तथा पदोन्नति मिल्ने छ। व्यवसायिक लाभ प्राप्त हुनेछ।

मिथुनः  पेशागत उन्नति भई लाभ प्राप्ति हुनेछ। धार्मिक आध्यात्मिक कार्यमा मन आकर्षित हुनेछ। मानसिक शान्ति र सन्तोष मिल्ने छ। सामाजिक प्रख्याति मिल्ने छ। कसैको भलो गर्नसकिने छ।

कर्कटः  औषधोपचार खर्च बढ्ने दिन छ। अगाडि बढीरहेको इष्ट कामकार्यमा रोकावट आउने र अपयश बढ्ने छ। गोचरग्रह प्रतिकूल छ भन्ने जानेर धैर्य गरी विपरित समय टर्नदिनु बुद्धिमानी हुनेछ।

सिंहः  दिन अनकूल देखिएको छ। अपेक्षा ठूलो र उपलब्धि ठिकठिकैले चित्त बुझाउनु पर्नेछ। तथापि व्यापार व्यवसाय बढ्ने छ। प्रेमसम्बन्ध थप बलियो हुनेछ भने विवाहितको दाम्पत्यत्व वृद्धि हुनेछ।

कन्याः   दिन पुरुषार्थकर देखिएको छ। शारीरिक शक्ति बढेर आउने छ। पराक्रम गर्नसकिने छ। समान्यतया व्यापार बढ्ने र वाणिज्य वृद्धि हुनेछ। तमगुण बढ्ने भय पनि रहेकोले संयमित हुन जरुरी देखिन्छ।

तुलाः  दिन सुधारोन्मू छ। सन्तान सुख मिल्ने छ। वैचारिक प्रगति हुनेछ। विद्वतताको सदुपयोग गर्नपाइने छ। व्यवसाययिक लाभ हुनेछ। शुभसमाचार मिल्ने छ। जनसंपर्क बढ्ने र प्रख्याति बढ्ने छ।

वृश्चिकः  दिन अल्लि सावधानी रहनपर्ने खालको रहेको छ। स्वास्थ्यमा मन्दि आउने तथा दीर्घरोगीलाई समस्या बल्झिनसक्ने भय छ। खानपान आदिमा ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ।

धनुः  दिनलाई अनकूल मान्न सकिन्छ। पराक्रम बढ्ने र शारीरिक प्रतिस्पर्धाजन्य काममा अगाडि बढ्नसकिन्छ। पेशागत प्रगति हुनगई आम्दानी पनि बढ्ने छ। भातृ सुख मिल्ने छ।

मकरः  बोलीव्यवहारको राम्रो प्रभाव पर्नेछ। सामाजिक कामकार्यमा पनि स्थान मिल्ने छ। नयाँ नातासम्बन्ध जोडिने छ। व्यवसायिक प्रगति हुनगई आर्थिक लाभ तथा बैंकब्यालेन्स बढ्ने छ।

कुम्भः  दिन अनुकूल रहने छ। मानईज्जत तथा स्वागत सत्कार एवं मेजमानी प्राप्त हुनेछ। दाम्पत्य तथा प्रेम सुख मिल्ने छ। मनोरम स्थानको यात्रा गर्न पाइने छ। मनोवाञ्छित मिष्ठान्न भोजन प्राप्ति हुनेछ।

मीनः  स्वास्थ्यमा मन्दि आउनसक्ने छ। केही आलोचनाको पनि सामना गर्नपर्नसक्ने छ। पारिवारिक असमझदारी बढ्ने र खर्चको मात्रा पनि बढेर जाने छ। धैर्य तथा संयम गर्नु बुद्धिमानी हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।