कुवेतका राजा शेखको निधन

एजेन्सी। कुवेतका राजा (अमिर) शेख सबाह अल–अहमद अल–सबाहको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो।

शेखको निधन लगत्तै मन्त्रीपरिषद्ले उनका सौतेनी भाइ ८३ वर्षीय क्राउन प्रिन्स शेख नवाफ अल–अहमदलाई उत्तराधिकारीका रुपमा घोषित गरेको छ।

गत जुलाईमा खेश सबाह उपचारका लागि अमेरिका गएका थिए। तेलको धनी देश कुवेतमा शेखले सन् २००६ देखि शासन गर्दै आएका थिए।

त्यसअघि उनले ५० वर्षभन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका थिए। शेखलाई ‘डिन अफ अरब डिप्लोमेसी’ का रुपमा लिने गरिन्छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो !